११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

खुकुरीले हानेर आफ्नै छोराले गरे बाबुको हत्या

९ जेठ, रुकुम । रुकुम (पूर्व) भूमे गाउँपालिका ७, गुनाम गाउँमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । २० वर्षीय विरत विकले आफ्नै बाबु अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको जानकारी दिए।

प्रारम्भिक जानकारीअनुसार घरायसी कारणले हत्या भएको हुनसक्ने अनुमान गरिए पनि हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेर थप अनुन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : May 23, 2019 at 2:48 pm