विद्यार्थीकाे कुटाइबाट प्रधानाध्यापककाे आँखा फुट्याे
९ जेठ, काठमाडौँ । विद्यार्थी र अभिभावककाे झगडा छुट्टयाउन जाँदा प्रधानाध्यापककाे आँखा फुटेकाे छ । काठमाडाैँकाे गोकर्णेश्वर नगरपालिका ६ मा रहेकाे बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल तामाङकाे विद्यार्थीको कुटाइबाट आँखा फुटेकाे हाे । अनाथ र गरिब परिवारका बालबालिकालाई पढाउँदै आएका विद्यालयका प्रधानाध्यापक निर्मल तामाङमाथि साेही विद्यालयका विद्यार्थीले कुटेका हुन् ।
विद्यार्थीको कुटाइबाट तामाङको देब्रे आँखा फुटेकाे हाे । २२ वर्षीय विद्यार्थी छिरिङ तामाङको कुटाईबाट प्रिन्सिपल तामाङ घाइते भएका हुन् । अभिभावकमाथि जाइलागेका छिरिङलाई छुट्याउन जाँदा उनले प्रधानाध्यापकमाथि नै कुटपिट गरेका थिए ।
छिरिङ विद्यालयबाट १०/ १५ दिन हराउने र फेरि सम्पर्कमा आउने गरेपछि उनका अभिभावकले आफ्नो छोरा समय समयमा यसरी विद्यालयबाट हराउनुको पछाडि कतै लागुऔषध दुर्व्यसनीमा फसेको त होइन भन्ने विषयमा विद्यालयका निर्देशक महावीर लामाको कार्यकक्षमा सोधपुछ गर्ने क्रममा उनले अभिभावकमाथि आक्रमण गरेका थिए । आक्रमण छुटाउने क्रममा प्रिन्सिपल तामाङको देब्रे आँखामा गम्भीर चोट लागेको छ ।
प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १३:०३