३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

आगलागीमा परी बसपार्ककाे टहरामा बस्दै आएका एकै परिवार ३ जनाकाे मृत्यु

९ जेठ, काठमाडाैँ । आगलागीमा परी बसपार्ककाे टहरामा बस्दै आएका एकै परिवार ३ जनाकाे मृत्यु भएकाे छ । बुधबार राति घरमा आगलागी हुँदा पुरचौडी नगरपालिका –५ कुवाकोटको पुरचौडी नजिकै बसपार्कमा टहरामा बस्दै आएका एकै परिवारको तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीयाश्रीमती बिन्द्रा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार राति १० बजेतिर आगो बाल्ने चुलो नजिकै सुतिरहेका उनीहरुको आगो सल्केर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ

प्रकाशित मिति : 09:55