किशाेरीलाई जबरजस्ती यौनधन्दामा लगाउने होटल सञ्चालक दम्पत्ती पक्राउ
८ जेठ, बुटवल । काम गर्न राखेकी किशाेरीलाई जबरजस्ती यौनधन्दामा लगाउने होटल सञ्चालक दम्पत्ती पक्राउ परेका छन् । बुधवार इलाका प्रहरी कार्यालय बुटवलले एक होटल सञ्चालकलाई यौनधन्दा चलाएको अभियोगमा पक्राउ गरि सार्वाजनिक गरेको छ । बुटवल–११ को कालिकानगरस्तिथ राप्ती मेनु होटल सञ्चालन गर्दै आएका बाग्लुङ्ग निसीखोला– ७ का स्थायि वासिन्दा टेकबहादुर कुँवर र उनकी श्रीमती मिनाकुमारी बस्नेतलाई यौनधन्दा चलाएकाे भन्दै प्रहरीले पक्राउ गरेर सार्वजनिका गरेकाे हाे ।

एकजना पीडित किशोरीको उजुरीका आधारमा प्रहरीले उनिहरूलाई पक्राउ गरि पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको हो । कपिलवस्तुकी १५ वर्षीया एक किशाेरीलाई गत ६ महिनादेखि बन्धक बनाएर यौन धन्दामा लाग्न बाध्य पारेकाे भन्दै प्रहरीकोमा उजुरी परेपछि प्रहरीले उनिहरूलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लले बताए ।
सुरुमा भाँडा माझ्न भनेर राखिएकी ती किशोरीलाई यौन सम्पर्कका लागि क्रमशः आफ्नो होटलका ग्राहक र अन्य होटलमा समेत पठाउन थालेपछि ती किशोरी भागेर घर गएको प्रहरीले जनाएकाे छ ।
होटल सञ्चालकले यौन धन्दाका लागि अन्य युवतीहरु त्यहाँ जम्मा गरेर अन्य विभिन्न होटलमा समेत पठाउने गरेको प्रहरीले बताएको छ । उनीहरुलाई मानव बेचविखन तथा संगठित अपराध मुद्दामा कार्बाही प्रक्रिया अगाडी बढाइएको छ ।
प्रकाशित मिति : 21:58









