चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओली दाेषी ठहर, अदालतले सुनायाे यस्तो फैसला
७ जेठ, काठमाडौँ । मोडल तथा समाजसेवी खुश्बु ओली चेक बाउन्स मुद्दामा दोषी ठहरीएकी छन् । ओलीलाई जिल्ला अदालत काठमाडौँले दोषी ठहर गरेको हो ।
![]()
जिल्ला अदालत काठमाडौँका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई ३ महिना कैद, ३ हजार जरिवाना र चेक वापतको रकम सावा र ब्याजसहित तिर्नुपर्ने ठहर फैसला गरेको छ । ओलीले काटेको ३६ लाख रुपैयाँ बराबरको कुमारी बैंकको चेक बाउन्स भएको भन्दै सप्तरीका गोपाल कटुवालले मुद्दा दायर गरेका थिए ।
प्रकाशित मिति : 19:29









