३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

भ्रष्टाचार गरेकाे प्रमाणित भए झुण्डिएर मर्न तयार छुः कुलमान घिसिङ

७ जेठ, काठमाडाैँ । आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने कुरा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानविन समिति गठन गरेकाे बताएका छन् ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको बताएका हुन् ।

संसद माेदीले त्रिशुली जलविद्युत आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ? भनि गम्भिर प्रश्न पनि उठाएसंगै कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी समेत गरेमन छन् ।

प्रकाशित मिति : 16:06