३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

४८ म्यानपावर कम्पनीको अनलाइन कराेबार राेक्का (कम्पनीकाे सूचिसहित)

७ जेठ, काठमाडौँ । श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतकाे वैदेशिक राेजगार विभाग नियम नमान्ने र अटेरी गर्ने म्यानपावर कम्पनी माथि कडा रुपमा प्रस्तुत भएकाे छ । विभिन्न बहानामा वैदेशिक राेजगारीमा जाने युवाहरूलाई ठगी गर्ने म्यानपावर खरेजी गरेकाे विभागले पछिल्लाे पटक ४८ म्यानपावरकाे अनलाइन कराेबार राेक्का गरेकाे छ ।

विभागले तोकिएको समयसिमा भित्र आफ्नो विवरण अध्यावधी नगर्ने म्यानपावर कम्पनीकाे वैदेशिक रोजगार विभागको  सूचना प्रणालीमा अनलाइन कारोबार बन्द भएकाे हाे ।पछिल्लो समय वैदेशिक राेजगार विभागमा नयाँ नेतृत्व आएपछि सुधारकाे काम तीव्र गतिमा अघि बढेकाे छ । विभागले अन्तिम पटकका लागि भन्दै जेठ ३ गतेसम्मकाे समय दिएकाे थियाे तर उक्तसमय सम्म पनि विवरण अध्यावधिक नगर्ने कम्पनीको काराेबार राेक्काा गरिएकाे छ ।

प्रकाशित मिति : 09:44