पुरानो राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली बजाउँदा पक्राउ परेका दुइ युवा छुटे
६ जेठ,काठमाडौं । पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली‘ बजाउँदा पक्राउ परेका शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मा बिनाशर्त छुटेकाछन्।सरकारले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा बुटवलबाट पक्राउ परेका केसी र विश्वकर्मालाई चौतर्फी दबावपछि सोमबार साँझ छोडेको हो।

गत २८ वैशाखमा बुटवलको ट्राफिकचोकमा आयोजित भेलामा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको र गणतन्त्र मुर्दाबाद भनेकाे कारण प्रहरीले उनीहरुलाई पक्राउ गरि मुद्धा चलाएको थियो । पक्राउ परेका प्रितमले प्रहरी हिरासतमै अनसन शुरु गरेका थिए।शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले केसी र विश्वकर्मालाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए।
प्रकाशित मिति : 20:22









