२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

काठमाडाैँको टोखामा डाँकामाथि गोली प्रहार, घाइतेको वीर अस्पतालमा उपचार हुँदै

६ जेठ, काठमाडाैँ । प्रहरीले डाँका मुद्दाका एकजना अभियुक्तलाइ गोली हानेर पक्राउ गरेको छ । चोरी र डाँका आधा दर्जन अभियोग लागेका काले भनेर चिनिने विष्णु लामालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । महानगरीय अपराध महाशाखाको टोली टोलीमाथि नै आक्रमणको प्रयास भएपछि प्रहरीले गोली चलाएको हो । सिन्धुपाल्चोक घर भएका लामामाथि चोरी डकैतीका सात वटा उजुरी परेका छन् । प्रहरीका पूर्वएआइजी जयबहादुर चन्दको घरमा भएको लुटपाटमा लामाको संलग्नता रहेको आरोप लागेको थियो । उनले यसअघि डाँका मुद्धामै सात वर्ष जेल सजाय भोगेको खुलेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले बिहान टोखाबाट उनलाई पक्राउ गर्न खोज्दा लामाले प्रहरीलाई पेस्तोल तेस्र्याएपछि गोली चलाइएको महाशाखाका एसपी केदार ढकालले बताएका छन । प्रहरीले चलाएको गोली लामाको घुँडामा लागेको छ । उनको अहिले बीर अस्पतालमा उपचार भइरहेको छ । लामाको अवस्था सामान्य रहेको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

प्रकाशित मिति : 09:30