चितवनमा महिला प्रहरीमाथि पेट्रोल छर्केर किन लगाइयाे आगो ?
५ जेठ, काठमाडाैँ । चितवनमा महिला प्रहरीमाथि र पैसा उठाउन प्रयाेग गरिने ढाटमा पेट्रोल छर्केर आगो लगाइएकाे छ । ढाटका कारण सास्ती पाएको भन्दै ढाटको घुम्ती तोडफोडसहित आगजनी गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी हुन्।
आक्रमणकारी समूहले प्रदेश ३ मा पूर्व एमालेबाट निर्वाचित कम्युनिस्ट सांसद कृष्ण खनालले भनेको नमान्ने भन्दै प्रहरीमाथि गाली गर्दै सांसद खनालकै आडमा भएको हुलदंगामा असई खड्का आगो पिडित बनेकी हुन्। आगो लागेपछि मरे भन्ने लागेको बताउने खड्काले शरीरमा आगो लागेपछि उनले घाँसमा लडेर आगो निभाएकी थिइन् ।

घुम्तीमा पेट्रोल छर्कंदा उनको शरीरमा परेको र प्रहरीसँग आक्रोसित त्यो समूहले घुम्तीमा आगो लगाउँदा खड्काको शरीरमा आगो लागेको हो । सांसद खनाल पनि उपस्थित उक्त भिडमा काे ठुलाे ? ‘सांसद की प्रहरी भन्दै सांसदले भनेको नमान्ने भिड उर्लिएकाे खड्काले बताइन् । सांसद खनालले आक्रमण गर्नेको पक्षमा लागेर प्रहरीलाई धम्काएका थिए ।
प्रकाशित मिति : 15:33









