३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नगर प्रहरी छनोटमा अनियमितता गरेको भन्दै स्थानीयले गरे तनहुँको भानु नगरपालिकामा तालाबन्दी

५ जेठ, काठमाडाैँ । नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले तनहुँको भानु नगरपालिकाको कार्यालयमा आज बिहान तालाबन्दी गरेका छन् ।छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यसै विषयलाई लिएर शुक्रबार समेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयवासीले पुनः आज बिहान तालाबन्दी गरेका छन् । स्थानीयवासीले लगाएको ताला प्रहरीले शुक्रबार बल प्रयोग गरेर खुलाएको थियो ।भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विधि र प्रक्रिया पुर्‍याएरै नगर प्रहरी छनोट गरिएको बताउनुभयो । परीक्षामा नाम ननिस्किएपछि धाँधली भयो भन्नु गलत रहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : May 19, 2019 at 1:17 pm