प्रजातन्त्रिक विचार समाजको अध्यक्षमा डा केदारनरसिंह केसी
५ जेठ, काठमाडाैँ । प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा डा केदारनरसिंह केसी निर्विरोध निर्वाचित हुनभएको छ । राजधानीमा शनिबार सम्पन्न ११औँ अधिवेशनले समाजको पदाधिकारी, प्रदेश संयोजक तथा केन्द्रीय सदस्यको निर्विरोध चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा कुलचन्द्र वाग्ले, उपाध्यक्षमा डा इश्वरीराज लौडारी, महिला उपाध्यक्षमा डा विमला शाक्य, महासचिवमा गोकर्ण अर्याल, सचिवमा डा वासुदेव भण्डारी र कोषाध्यक्षमा पुष्पमान श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
यस्तै प्रदेश १ संयोजकमा बद्री तामाङ, प्रदेश २ संयोजकमा डा चुन्नीशरण यादव, प्रदेश ३ संयोजकमा भरतप्रसाद दवाडी, गण्डकी प्रदेश संयोजकमा प्राडा अक्कलदेव मिश्र, प्रदेश ५ संयोजकमा शंकरदिवस मजगैया, कर्णाली प्रदेश संयोजकमा ध्रुवबहादुर मल्ल र सुदूरपश्चिम प्रदेश संयोजकमा डा लक्ष्मीराज पण्डित निर्वाचित हुनुभएको छ ।

त्यसैगरी समाजको सदस्यमा सिभी मल्ल, मेनका राजभण्डारी श्रेष्ठ, दिव्यलक्षी बज्राचार्य, कृष्ण केसी, राजन कुइँकेल, मिलनचन्द्र खनाल, रामनारायण देव, वीरेन्द्रप्रसाद थपलिया, डा सुधारप्रसाद अधिकारी, जानुका पन्त, चण्डिकाप्रसाद भट्ट, डा वीरबहादुर कार्की, सरोज अधिकारी र डा कमल रिजाल निर्विरोध निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
महाधिवेशनले सातबुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । लोकतन्त्रको आधारस्तम्भ स्वतन्त्र प्रेश, अभिव्यक्ति स्वतन्त्रता, मावनअधिकार र आवधिक निर्वाचनका विषयमा कुनै सम्झौता नगर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । अधिवेशनको शुक्रबार नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : 06:40









