चाउथेका कृषक गौतमकाे काक्रो बिक्रीबाट दैनिक आम्दानी २० हजार
४ जेठ, पाेखरा । पोखरा महानगरपालिका–१४ चाऊथेका कृषक केवल गौतमले काक्रो बित्रीबाट दैनिक २० हजार आम्दानी गर्दै आउनुभएको छ । एक हजार ५८० वर्गमिटरको हरितगृहभित्र लगाएको भक्तपुरे स्थानीय जातको काक्रोले राम्रो उत्पादन दिन थालेपछि अहिले ऊहाँले दैनिक ४०० केजी काक्रो बित्री गरेर सो आम्दानी गर्नुभएको हो ।
टनेलभिक्र २३ ड्याङमा लगाइएको कात्राका बिरुवामध्ये नौमा पहिलेदेखि र बाँकीमा भर्खरै उत्पादन दिन शुरु गरेको बताउँदै उहाँले बैशाख महीनामा मात्र पाँच हजारझन्दा बढी केजी काक्रो बित्री गरेको जानकारी दिनुझयो ।

शुरुका दिनमा काक्रो होलसेलमा रु ६५ मा बित्री हुने गरे पनि पछिल्लो समय प्रतिकेजी रु ५० मा बिक्री गर्ने गरेको बताउँदै कृषक गौतमले भन्नुभयो, “उत्फादित काक्रो बित्री हुँदैन कि भन्ने चिन्ता छैन”, अहिले पनि व्यापारीको मागअनुसारको काक्रो पुर्याउन नसकेको अनुभव सुनाउनुभयो ।
कतिपयलाई फोन सम्पर्कका आधारमा सम्बन्धित स्थानमा पुर्याइदिने गरेको जानकारी दिँदै कृषक गौतमले पोखराका राष्ट्र बैंकचोक, छोरेपाटन, रामबजार, विरौटा, पोखरा तरकारी बजारमा बिक्री गर्ने गरेको उहाँको भनाइ थियो । काक्रोबाट मात्र दुई महीनाको अवधिमा १५ २० लाख हाराहारी आम्दानी गर्ने लक्ष्य रहेको गौतमले जानकारी दिनुभयो ।
नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाइ) सुपरजोन (तरकारी) अन्तर्गत निर्माण गरिएको तापअनुकूलित हाइटेकभित्र उहाँले काक्रोलगायत, गोलभेँडा, सिमी, रायोसाग, धनीयालगायतका विभिन्न मौसमी तथा बेमौसी तरकारी उत्पादन गर्दै आउनुभएको छ ।
परियोजनाको रु ८५ लाख अनुदान र रु १५ लाख आफ्नोसहित रु एक करोडको लागतमा तीन हजार १२३ वर्गमिटरका छुट्टाछुट्टै निर्माण गरिएका चार हरितगृहमध्ये यतिखेर दुईमा गोलभेँडा, एउटामा काक्रो रहेको छ । अर्कोमा रायोसाग र धनियाको बीउ रोप्नुभएको छ ।
शारीरिकरूपमा फरक क्षमताका कारण ह्वीप्लचियरको सहायतामा व्यावसायिक तरकारीमार्फत यथेष्ठ आम्दानी गर्न सफल पाँच दशक पार गर्नुभएका गौतमले यतिखेर सबलाङ्गका लागि पनि माटोमा पसिना भिजाउन सके के हुँदैन भन्ने चुनौतीसमेत थपिदिनुभएको छ ।
प्रकाशित मिति : 16:33









