२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

हात्तीले किच्दा वृद्धाको मृत्यु

४ जेठ, सिरहा । जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले किच्दा गएराति गोलबजार–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो ।

छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेका बेला एक्कासि अगाडि परेको हात्तीले किच्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिनुभयो । हात्तीले गोलबजार–१ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 16:09