महिलालाई रुखमा बाँधेर बलात्कार गर्न खोज्ने एक युवक पक्राउ
४ जेठ, कैलाली । कैलालीमा महिलालाई रूखमा बाँधेर बलात्कार गर्न खाेज्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ६ काे भारताल जंगलमा लगेर महिलालाई रुखमा बाधी बलात्कार गर्न खोज्ने कैलारी गाउँपालिका ८ कै २४ वर्षीय मनिश चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले गत फागुन १८ गते दिउँसो १ बजेको समयमा महिलालाई चक्कु देखाई जंगलमा लगी बलात्कार गर्न खोजेका थिए । पीडितलाई त्रास देखाएर जंगलमा लगी सम्पूर्ण कपडा खोल्न लगाएर ब्राले पीडितको हात पछाडी बाधी आफ्नो बेल्टले रुखमा घाटी बाधेर जबरजस्ती करणी गर्ने क्रममा महिलाले साईकल, मोवाईल र पर्स सडक छेउमा छ भनेपछि लिन गएका बेला भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
चौधरीको खोजी गर्दै जादा हिजो राती धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेरा शिविरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले जानकारी दिए।
प्रकाशित मिति : 15:51







