अहिंसाका प्रतिमुर्ति बुद्ध जयन्तीकै दिन हजारौं पशुपक्षींको बली चढ्याे
४ जेठ, काठमाडाैँ । भगवान बुद्धकाे जन्म जयन्ती आज वैशाखी पूर्णिमाकाे दिन हाे । हिंसा गर्न हुन्न भन्दै सन्देस छाेडेका बुद्धकाे जन्म जयन्ती आजका दिन धेरै नेपालीमा वली चढाउन नहुने मान्यता भएपनि आजैको दिन सिरहाको लहानस्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपक्षीको बली चढाइने गरिएको छ ।

राजदेवी मातालाई भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वासका कारण प्रत्यक वर्ष आजकै दिन हजारौंको संख्यामा पशुपक्षी बली दिने गरिएको हो । सन्तान प्राप्ति हुने, विभिन्न रोग निको हुने जनविश्वासका कारण बली चढाउन राजदेवी मन्दिर आउनेको घुँइचो नै लाग्ने गरेको छ ।

प्रकाशित मिति : 15:14









