सुन साइली गीतकाे अडियो इन्जिनियर उज्वलले बुहारीकाे हत्या गर्नुकाे यस्ताे रहेछ कारण
४ जेठ, काठमाडौं । सुन साइली गीतकाे अडियो इन्जिनियर उज्वलले बुहारीकाे हत्या गर्नुकाे कारण घर बन्धकी र क्यान्डा जाने भाइबुहारीकाे याेजना रहेकाे प्रहरी अनुसन्धानमा खुलेकाे स्राेतले जनाएकाे छ । ललितपुरको ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको र पारिवारिक पक्षबाट उज्वल मानसिक रोगी भएको दाबी सार्वजनिक भइरहँदा प्रहरी अनुसन्धानले यस्ताे वेग्लै विषय उजागर गरेको हो ।

घटना हुनुअघिबाटै उज्वल भाइ प्रज्वल र बुहारी अञ्जना महतसँग असन्तुष्ट रहेकाे महानगरीय प्रहरी वृत्त, चापागाउँ स्रोतले जनाएकाे छ । बयान दिने क्रममा उज्वलले बुहारीसँग पहिल्यैदेखि असन्तुष्ट रहेको स्वीकारेकाे चापागाउँ प्रहरीका एक अनुसन्धान अधिकारीले बताएका छन् ।
भाइबुहारीले घर बन्धकी राखेर क्यान्डा जाने प्रक्रिया थालेलगत्तै उनले असन्तुष्टि व्यक्त गरेका थिए । उनले बुहारीको गतिविधिलाई पनि शंकास्पद दृष्टिले हेर्ने गरेको प्रहरी बताउँछ । हत्या गरेलगत्तै आफैं प्रहरीलाई खबर गर्न लगाएका उनीविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको चापागाउँका डीएसपी राजकुमार खिउजुले बताए । पाटन अस्पतालमा अञ्जनाको शव पोष्टमार्टमका लागि पठाइएको थियो । जसको रिपोर्ट अझैसम्म आएको छैन ।
प्रकाशित मिति : 13:52









