२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

भ्रष्टाचार गरेको भन्दै गाउँपालिका अध्यक्षको घरमा कुकर बम विस्फोट

४ जेठ, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घरमा भ्रष्टाचार गरेको भन्दै शुक्रबार राति कुकर बम बिस्फोट भएकाे छ । जयकृष्ण गोइत नेतृत्व जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी)ले भ्रष्टाचारकाे बिराेधमा आफूहरुले बम विष्फोट गराएको भन्दै बिस्फाेटकाे जिम्मा लिएकाे छ ।

बम बिस्फोटबाट गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतका काका ७० वर्षीय श्यामानन्द गोईत घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । विष्फोटमा गोईतको ढाडभन्दा तल छर्रा लागेको तथा समान्य घाइते भएको प्रहरीले जनाएको छ । राति करिब १२ बजेतिर नचिनेका मान्छेहरुकाे समूहले घरमा बम विष्फोट गराएको अध्यक्ष गोइतले जानकारी दिए । गोइत संघीय समाजवादी फोरमबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

प्रकाशित मिति : 10:20