३ वर्षकी छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ
३ जेठ, काठमाडाैँ । ३ वर्षकी छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ६ का शिक्षक अमन लामा रहेका छन् । लामाले मनहरीमा रहेको एक नीजि विद्यालयमा अध्ययन गर्ने साढे तीन वर्षकी बालीकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

२२ वर्षीय लामाले छात्रालाई स्कुलको शौचालयमा सोमबार बलात्कार गरेको र पीडितको परिवारले बिहीबार इलाका प्रहरी कार्यालय मनहरीमा किटानी जाहेरी दिएकाे इलाका प्रहरी कार्यालय मनहरीका इन्चार्ज प्रहरी निरिक्षक विरेन्द्र पनेरुले बताए । उजुरीका आधारमा लामालाई प्रहरीले पक्राउ गरेर जबर्जस्तीकरणी सम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।
प्रकाशित मिति : 20:19









