लुम्बिनी जान उडेका प्रधानमन्त्री ओली चढेको हेलिकोप्टर भरतपुरमा आकस्मिक अवतरण
३ जेठ, काठमाडाैँ । लुम्बिनी जान उडेका प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर मौसमको खराबीका कारण भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको छ । प्रधानमन्त्री ओलीसँग नेकपाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री पत्नी राधिका शाक्य रहेका थिए भने उनिहरू आधा घण्टा व्यारेकमा रोकिएका प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सो क्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहितका पदाधिकारीसँग भेटघाट गरेका थिए । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रधानमन्त्री आर्मी ब्यारेकमा अवतरण गरेपछि निम्ता गरिएकोले आफू त्यसतर्फ गएको बताइन् । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली गन्तव्यतर्फ लागेको चितवन प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 18:59









