दाउराले कन्चटमा हिर्काएर आमाले गरिन् दुई महिने छोरीको हत्या
३ जेठ, गुल्मी । गुल्मीमा आमाले आफ्नै २ महिने छाेरीकाे दाउराले कन्चटमा हानेर हत्या गरेकी छिन् । गुल्मीको दरवार गाउँपालिका–४ की ३६ वर्षिया जमुना बिकले छोरी बिष्नु बिकलाई दाउराले हानी बिहिबार राती हत्या गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

उनले यस अगाडी पनि पटक पटक छोरीको हत्याको प्रयास गरेको र उनलाई स्थानीयहरुले जोगाउदै आएको वडा अध्यक्ष खुमबहादुर पल्लीले बताए । जमुनालाई अहिले जिल्ला प्रहरी कार्यलय हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले जानकारी दिएका छन् । बच्चाको शबलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
प्रकाशित मिति : 13:40







