२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

पत्रकारप्रति प्रदेश २ को सरकार अझै कठोर, पत्रकारलाई १ करोडसम्म जरिबाना गर्ने कानुन तयार

३ जेठ, धनुषा । प्रदेश २ का सरकारका मन्त्रीहरूको गलत क्रियाकलाप सञ्चारमाध्यम मार्फत छताछुल्ल हुन थालेपछि उनीहरू प्रेसप्रति क्रुद्ध बनेका छन । मुख्यमन्त्रीदेखि मन्त्रीसम्मका बारेमा विभिन्न ढंगका समाचारहरू निरन्तर अाइरहेको सन्दर्भमा सरकारले कानुननै बनाएर पत्रकारलाइ दण्डित गर्न खोजेको छ । प्रेस जगतप्रति पुरै नकारात्मक रूपमा प्रस्तुत भैरहेको प्रदेश सरकारले समाचार लेख्ने पत्रकारलाई १ करोडसम्म जरिबाना गर्ने कानुन तयार पारेको छ ।

केन्द्र सरकारले पत्रकारलाई १० लाखसम्म जरिबाना गर्नेसम्मको सजाय गर्न सक्ने मिडिया काउन्सिल विद्येयक ल्याएको भन्दै चौतर्फी विरोध भैरहेको अवस्थामा प्रदेश २ सरकार भने पत्रकारसँग रिसिइबी साध्न र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन १ करोड रुपैयाँसम्म जरिबाना गर्न सक्ने विधेयक तयार पारेको छ । बिहीबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा पेस गरेका छन । विधेयकमा पत्रकारलाई १ लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 07:16