पुरानो राष्ट्रिय गान श्रीमान् गम्भीर नेपाली बजाउँदा दुई युवक पक्राउ
२ जेठ, काठमाडाैँ । बुटवलको ट्राफिकचोकमा आयोजित कार्यक्रममा पुरानो राष्ट्रिय गान श्रीमान् गम्भीर नेपाली बजाउँदा दुई युवक पक्राउ परेका छन् । वैशाख २८ गलेकाे उक्त कार्यक्रममा पुरानाे राष्ट्रय गान बजाउँदा बुटवलबाट प्रहरीले दुइ युवकलाई नियन्त्रणमा लिएको हाे ।
पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरूलाई अभद्र व्यवहारको मुद्धा चलाइएको बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी दिएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका प्रितमले हिरासतमै अनसन शुरु गरेका छन् । केसीको जीवन रक्षा गर्न र उनीसँगै पक्राउ परेका विश्वकर्मालाई रिहा गर्न उनका परिवारजन र शाही युवा शक्ति नेपालले माग गरेको छ ।
गैरकानूनी रुपमा हिरासतमा लिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमासर्वोच्च अदालतले भने दुबैलाई अदालतमा उपस्थित गराउन आदेश दिइसकेको छ । शाही युवा शक्ति नेपालले भने दुबैलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।
प्रकाशित मिति : 13:50









