आफ्नै श्रीमतीमाथि एसिड प्रहार गर्ने विष्णु भुजेल पक्राउ
१ जेठ, काठमाडौँ । काठमाडौँको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेल पक्राउ परेका छन् । उनलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको हो । भुजेल युवतीका श्रीमान भएको समेत बताईएको छ ।

काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरि फरार भएपछि तत्काल उनलाई काठमाडाैँकाे काँडाघारी सनसिटीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएकाे छ ।

प्रहरीका अनुसार युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ । एसिड प्रहार गरेर फरार भएपछि फरार अभियुक्त खोज्न काठमाडाैँ प्रहरी तत्कालै परिचालित भएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति : 12:16







