२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मैलुङ–स्याफ्रुबेँसी सडक शुक्रबारदेखि पुनः सञ्चालन, रसुवागढी पुग्ने दूरी २५ किलोमिटर छोट्टियो

२ जेठ, नुवाकोट । मैलुङ–स्याफ्रुबेँसी सडक शुक्रबार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ । रसुवागढी नाका जोड्ने छोटो मार्ग रहेको यस सडक सञ्चालनमा अाउँदा दूरी २५ किलोमिटर छोट्टिनेछ । यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । रसुवागढी नाका जोड्ने सडक खण्डको त्रिशूली खोलामा बुधबार ढलान गरिएकाले बिहीबार बेलुकीसम्म सडक बन्द गरिएको र शुक्रबार बिहानैबाट गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाले जनाएको छ ।

जिल्ला समन्वय समिति, स्थानीय तह, जनप्रतिनिधि र रसुवागढी जलविद्युत आयोजनाले ढलानको लागि सहयोग गरेका छन । गएको जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन । सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

प्रकाशित मिति : 10:31