१ असार २०८३, सोमबार | Mon Jun 15 2026

आफ्नै विवाहकाे तयारी गरिरहेकी १९ वर्षीया निशा मृत भेटिइन्

१ जेठ, काठमाडाैँ । घरमा आफ्नै विवाहकाे तयारी धुमधामले भैरहेकी  १९ वर्षीया निशा मृत भेटिएकी छिन् । खाना खाएर सुत्न गएकी निशाकाे शव खेतको सुख्खा कुलोमा वेवारिसे अवस्थामा भेटिएकाे हाे ।

रुपेन्देहीको गौडहवा गाँपालिका–६ साँडीको भुझौली भन्ने ठाउँमा बिहेको तयारीमा रहेकी निशा मृत अवस्थामा भेटिएपछि रुपन्देही प्रहरीका प्रहरी उपरिक्षक ह्दय थापाले घटना गम्भीर प्रकृतिको भएको कारण घटनाको अनुसन्धानलाई तिव्र पारिएको जानकारी दिए ।

मृतक निशाका वुवा महोम्मद हिसाहारका अनुसार सोमबार राती खाना खाएपछि छोरी सुत्न गएको र राती आमाले उनको विस्तारामा हेर्दा विस्तारामा नभएपछि खोजि कार्यमा जुटेकाे बताए ।

छोरीको विहे यो महिनामा हुन लागेको थियो तर अहिले यस्तो घटना घट्यो’ मृतकका बुबा महोम्मदले रुँदै भने । मृतक निशालाई पोष्टमार्टका लागि त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमाडौँ पठाइएको छ भने घटना स्थलबाट प्रहरीले शंकाको आधारमा एक युवकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : May 15, 2019 at 2:58 pm