अष्ट्रेलियाको पीआर होल्डर हुँ भन्दै लाखौं ठग्ने रेजिना अधिकारी पक्राउ
३१ वैशाख, काठमाडौँ । अष्ट्रेलियाको पीआर होल्डर हुँ भन्दै लाखौं ठग्ने रेजिना अधिकारी पक्राउ परेकी छिन् । डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भन्दै लाखौं ठगी गर्ने नयाँ बानेश्वरकी २३ वर्षीया रेजिना अधिकारी र सिन्धुलीका गणेश भनिने अरविन स्याङ्वोलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई पक्राउ गरेको हाे ।

एसियन इन्टरनेश्नल कन्सल्टेन्सीका एकेडेमिक डाइरेक्टर हुन् । प्रहरीका अनुसार अधिकारीले माकलवारीका अमित श्रेष्ठसँग कोर्ट म्यारिज गरेर अष्ट्रेलिया लैजाने प्रलोभन देखाएकी थिइन् । तर, ४ लाख ५० हजार रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएको प्रहरीमा उजुरी परेको छ ।
यसअघि उनीहरुबाट चाँगुनारायणका सागर धमला समेत ठगिएका थिए । प्रहरीका अनुसार धमलाको १३ लाख ४७ हजार रुपैयाँ ठगी भएको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध ठगी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : 19:51









