नुवाकोटकाे लिखुमा हाइड्रोपावरको टावर बाट झरेर एक चिनियाँको मृत्यु
३१ वैशख, नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–३ स्थित चौघडामा आज बिहान थ्रि ए हाइड्रोपावरको टावर बनाउने क्रममा टावरको माथिल्लो भागबाट झरेको सामानले लाग्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ । बिहान १० बजेको समयमा हाइड्रोपावरको मर्मतलगायतको काम भइरहेको थियो ।

त्यसै क्रममा थ्रि ए लाइनको टावरमा तार टाङ्ने काम गरिरहेका चिनियाँ नागरिक ४७ वर्षका हियो झ्याङलाई एक्कासी माथिबाट झरेको सामानले लाग्दा टाउकोमा चोट लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार घाइते हियो झ्याङलाई उपचारका लागि जिल्ला अस्पताल त्रीशुली ल्याउने क्रममा बाटामा नै मृत्यु भएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : May 14, 2019 at 6:45 pm









