प्रहरीले घचेट्दा र लाठी बुट प्रहार गर्दा ७० वर्षीय वृद्धको मृत्यु
३१ वैशाख, काठमाडाैँ । बैतडीमा प्रहरीले पक्राउ गर्न गएका एक वृद्धलाई घचेड्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन–६ का ७० वर्षीय कमलकान्त पन्त रहेका छन् । पाटन नगरपालिका वडा नं ६ हिरापुरकी एक महिलालाई हसियाँ प्रहार गरेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पाटनका प्रहरी टोलीले घटनास्थलबाट हसियाँ प्रहार गर्ने लवदेव पन्त र उनका बुवा कमलकान्त पन्तलाई नियन्त्रणमा लिने प्रयास गरेकाे थियाे ।

नियन्त्रणमा लिने क्रममा प्रहरीद्वारा लाठी र बुट प्रहार भएर ७० वर्षीय बुवा कमलकान्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नेत्रमणी गिरीले जानकारी दिए । अहिले प्रहरीमाथि पनि छानबिन भइरहे र पन्तका बुवाछोराले गरेको अपराधमा पनि छानबिन भइरहेको गिरीले बताए ।
प्रकाशित मिति : 18:15









