लिखु गाउँपालिकाकी १६ वर्षीया किशोरी बलात्कृत
३१ वैशाख, काठमाडौं । ओखलढुङ्गा लिखु गाउँपालिका–३ की १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीको गत चैत ७ गते बलात्कार भएको थियाे । बलात्कारको अभियोगमा सोही स्थान बस्ने ५५ वर्षीय बिष्णु कुमार श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।जबरजस्ती बलात्कार गरी फरार भएका श्रेष्ठलाई खोजी गर्ने क्रममा मानेभञ्ज्याङ गाउँपालिका–७ मा फेला पारी प्रक्राउ गरिएको ओखढुङ्गा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 13:40









