२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी नवनियुक्त डीआईजी पोखरेललाई

३० वैशाख, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी नवनियुक्त डीआईजी विश्वराज पोखरेललाई दिइएको छ । पोखरेलले आइतबार मात्रै आईजीपी सवेन्द्र खनालबाट डीआईजीको दज्र्यानी चिन्ह प्राप्त गरेका थिए ।

गृह मन्त्रालयले केही दिनअघि पोखरेललाई एसएसपीबाट डीआईजी पदमा बढुवा सिफारिस गरेको थियो । पोखरेलले आइतबारदेखि नै प्रवक्ता जिम्मेवारी सम्हालेको बताइएको छ । बढुवा हुनुअघि पोखरेल लागू औषध नियन्त्रण ब्यूरोमा कार्यरत थिए ।

प्रकाशित मिति : 17:31