२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

ऋषिराज आचार्यबाट ११ वर्षीया बालिका बलात्कृत

३० वैशाख, काठमाडाैँ । घोराही उपमहानगरपालिका–१५, स्र्वद्धारी टोल बस्ने ४६ वर्षीय ऋषिराज आचार्यलाई ११ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । दाङ प्रहरीले  ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४६ वर्षीय आचार्यलाई पक्राउ गरि सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

सो कार्यालयका प्रवक्ता डिएसपी विनोदविक्रम शाहका अनुसार आरोपीलाई मुलुकी संहिता बमोजिम १४ देखि १६ सम्म कैद सजाय र नियम अनुसारको क्षतिपूर्ति हुने गरि सरकारी वकिलको कार्यालयमा पठाइएको हाे ।

प्रकाशित मिति : 16:25