समाजवादी पार्टीका कार्यकर्ता बताउने व्यक्तिले पत्रकार सुशील पाण्डेलाई दिए ज्यान मार्ने धम्की
३० वैशाख, काठमाडौं । एभिन्युज खबर टेलिभिजनमा प्रसारित कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग ‘सकस राजनीति’कार्यक्रममा विवाद भएपछि त्यही अन्तर्वार्ताको विषयलाई लिएर पत्रकार पाण्डेमाथि ज्यान मार्ने धम्की आएको हो ।

आफूलाई समाजवादी पार्टीका कार्यकर्ता भन्दै नेपाल टेलिकमको पोस्टपेड नम्बरबाट ज्यानमार्ने धम्की आएको एभिज्युज टेलिभिजनले जनाएको छ । मन्त्री यादवसँग कार्यक्रममा विवाद भएको कार्यक्रम प्रसारित भएपछि टेलिभिजनको वीरगंज ब्युरोमा तोडफोड समेत भएको छ ।

प्रकाशित मिति : 15:47









