२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

एभिन्युज खबर टिभीकाे कार्यालयमा तोडफोड, समाजवादी पार्टीका कार्यकर्ताले तोडफोड गरेको टेलिभिजनले  आरोप

३० वैशाख, काठमाडाैँ  । एभिन्युज खबर टेलिभिजनको वीरगंजस्थित ब्यूरो कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताले तोडफोड गरेका छन् । आइतबार साँझ समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको अन्तर्वार्ता प्रसारित भएपछि आक्रोशित कार्यकर्ताले ब्यूरो कार्यालयमा तोडफोड गरेको टेलिभिजनले  आरोप लगाएकाे छ ।

१० जनाको समुहमा आएको युवाको समुहलेकार्यालयमा रहेका क्योमरा, कम्प्युटर लगायतका सामग्रीमा तोडफोड गरेका हुन् । घटनापछि दुवै पक्षलाई संयमता अपनाउन प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले आग्रह गरेका छन् । घटनाकाे विषयमा अनुसन्धान भइरहेकाे वीरगंज प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 15:31