१५ वर्षीया बालिकाकाे घाँटी रेटेर हत्या गरेकाे अवस्थामा शव भेटियाे
३० वैशाख, काठमाडाैँ । पाँचथरमा १५ वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको अवस्थामा शव भेटिएकाे छ । पाँचथर जिल्लाको हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको आइतबार साँझ हत्या भएको हो । शीतलको शव घाँटी काँटिएको अवस्थामा सडकको मूनि फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिए ।

हत्या स्थलमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । उनका अनुसार, हत्या स्थलबाट प्रहरीले एक मोबाइल फोन फेला पारेको छ । प्रहरी निरीक्षक पौडेलले हत्या बारे थप अनुसन्धान भइरहेको बताएका छन् । किशोरीको शव अहिले पोस्टमार्टका लागि जिल्ला अस्पताल, पाँचथरमा राखिएको छ ।
प्रकाशित मिति : 13:47









