२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

पूर्वपत्नी मीनाले हास्यकलाकार मनोजलाई यसरी दिइन् जन्मदिनको शुभकामना

३० वैशाख, काठमाडौं ।  हास्यकलाकार मनोज गजुरेलको आइतबार परेकाे  जन्मदिनमा उनकीपुर्व पत्नीले सामाजिक सन्जाल फेसबुक मार्फत सुभकामना दिएकी छिन् ।  २०३१ मा ताप्लेजुङको खेबाङमा जन्मिएका गजुरेल आइतबारदेखि ४५ औँ बसन्तमा टेकेका छन् ।गजुरेलकी पूर्व पत्नी मिना ढकालले उनको तस्बिर शेयर गर्दै जन्मदिनको शुभकामना दिएकी हुन् ।

मीनाले पूर्व पती मनोज गजुरेललाई जन्मदिनको शुभकामना दिंदै भनेकी छिन्, कसरी बिर्सन सक्छु ! मेरो हर खुशी अनि हाँसोमा संधै दुखि भइ, मेरा दुख अनि आँशुमा खुशी भै, करिव २२ वर्ष वैवाहिक जीवनको यात्राका यात्रुको जन्मदिन ! आगामी दिनको लागी असिम शुभकामना मेरा सन्तानका बुवा अनि नेपालका ख्यातीप्राप्त वास्तविक कलाकारलाई ।।

मिनाकाे फेसबुक स्टाटसः

प्रकाशित मिति : 13:16