२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

नुवाकाेट थानसिङका एक युवकले जापान लैजान्छु भन्दै आफ्नै साथीकाे ६ लाख ७० हजार ठगेर फरार

३० वैशाख, काठमाडाैँ । नुवाकाेट थानसिङका एक युवकले जापान लैजान्छु भन्दै आफ्नै साथीलाई ठगेर फरार भएका छन् । जापान लैजान्छु भन्दै थानसिङका सरल भन्डारीले नुवाकाेटकै अभिशेक खनालबाट ६ लाख ७० हजार रूपैया लिएका थिए । गाउँ घरमा रिषी केश  भनेर चिनिने र फेसबुकमा रेशव भनेर फेसबुक आइडि बनाएका भण्डारीले भिनाजु पर्ने नविन पाण्डेसंग मिलेर आफुलाई ठगेकाे खनालले बताएका छन् ।

पैसा लगेकाे दश महिना सम्म पनि आफुलाई जापान लाने कुरा नगरेपछि खनालले आफु ठगिएकाे थाहापाएर दैनिकी डटकमलाई दुखेसाे पाेखेका छन् । ६ लाख ७० हजार पैसा लगेकामा बिचमा २ लाख फिर्ता गरेपनि बाँकी पैसा नदिएकाे र अझ सम्म पनि फरार रहेकाे खनालले बताएका छन् । काम भएन भनेर एक पटक ५ लाखकाे चेक दिएर फेरी भण्डारी आफैँले फिर्ता लगेकाे  खनाल बताउँछन् ।

ठग्ने रेषव भण्डारी

 

जापान जानकाे लागि अफरगरेकाे अफर लेटर र नविन पाण्डे सँग आफुले कुरा गरेकाे अडियाे रेकड समेत आफुसँग रहेकाे खनालले जानकारी दिएका छन् । पैसा पाएपछि घरमा जानकारी नै नदिकन भण्डारी फरार रहेकाे खनालले जनाएका छन् । पैसा फिर्ता नआए पनि यस्ताे ठगबाट अरूपनि बचुन् भन्नकाे लागि आफुले समाचार लेखाउन चाहेकाे खनालकाे भनाइ रहेकाे छ ।

ठगिएका अभिशेक खनाल

 

 

प्रकाशित मिति : 10:21