२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

१५ वटा प्रश्नको जवाफ दिँदा विराटनगरका राजिव जैन बने करोडपति, यस्तो थियो पश्न (भिडियोसहित)

३० वैशाख, काठमाडाैँ । १५ वटा प्रश्नको सही जवाफ दिँदा विराटनगरका राजिव जैन करोडपति बनेका छन । उनले नगद एक करोड रूपैयाँ पुस्कार जितेका छन । एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन शो ‘को बन्छ करोडपति’ कार्यक्रममा सहभाभगी भएका विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ पाएका हुन । शनिबार र आइतबार प्रसारण गरिएको शोमा उनले १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड प्राप्त गर्दै पहिलो बिजेता बनेका छन ।

एक करोड रूपैयाँका लागि जैनलाई यस्तो प्रश्न गरिएको थियो

‘२००७ साल प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ?’ उनका लागि चार वटा अप्सन यस्ता थिए, अप्सन ए- २०१४ माघ १९, अप्सन बी- २०१४ फागुन ७, अप्सन सी- २०१४ मसिंर २, अप्सन डी -२०१४ पुस २५ ।

उनको उत्तर यस्तो थियो

२०१४ माघ १९ गते ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : 07:38