२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

लामखुट्टेको आतङ्क व्यापक बढेपछि लामखुट्टे मार्ने अभियान शुरु

२९ वैशाख, लाहान । लामखुट्टेको आतङ्क बढेको व्यापक गुनासोपछि सिरहाको लहान नगरपालिकाले आजदेखि लामखुट्टे मार्ने अभियान शुरु गरेको छ । सो अभियानको आज वडा नं ७ स्थित राम मन्दिरमा लामखुट्टे मारेर नगर प्रमुख मुनी साहले उद्घाटन गर्नुभयो ।

नगरपालिकाका २४ वटै वडामा ४५ दिने सो अभियानमा ४२ जना ‘फोरम्यान’ परिचालन गरिएको जनाइएको छ । सबै वडामा लामखुट्टे मार्ने औषधि छर्किन करीब रु १६ लाख छुट्याएको प्रमुख साहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 20:29