‘नयाँ शक्ति विघटन गरेका डा बाबुराम भट्टराईमा फ्रस्टेसन’
२९ वैशाख, काठमाडाैँ । संसदमा अनेक खालका घटनाक्रम देखिन थालेका छन । सरकरको नीति तथा कार्यक्रम माथिको छलफलका क्रमबाट एकअर्कामा निकृष्ट खालको गाली गर्ने परिपाटी सुरू गरेका सांसदहरूले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा समेत घोचपेच र छेडछाडलाइ निरन्तरता दिएका छन ।

आइतबारको छलफलमा नयाँ शक्ति विघटन गरेका समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईमा डिप्रेसन देखिएको भन्दै नेकपाका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डले भट्टराईको अभिव्यक्तिको खण्डन गरे । उनले भट्टराईमा फ्रस्टेसन देखिएका कारण बजेटका सिद्धान्त र प्राथमिकतामाथिका टिप्पणी सान्दर्भिक नभएको भन्दै प्रतिवाद गरे । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगत्तै आफ्नो धारणा राख्न रोस्ट्रम पुगेका सांसद पाण्डेले डाक्टर भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको बताए ।

उनले सन् १९ सय ८० को दशकको प्रसंग उल्लेख गर्दै उहाँले भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको तर्क गरे । आधा निन्द्रामा लेखिएको भन्ने डाक्टर भट्टराईको टिप्पणी सान्दर्भिक नभएको दावी गर्दै पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादन वृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दै गर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने बताए ।
प्रकाशित मिति : 16:47









