११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

हत्या गरी फरार रहेका व्यक्ति ९ बर्ष पछि पक्राउ 

२९ वैशाख, काठमाडाैँ ।  हत्या गरी फरार रहेका व्यक्ति ९ बर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा  काभ्रेपलान्चाेक गाेकुले गा.बि.स. वडा नं. ०४ हालको माहाभारत गाउँपालिका वडा नं. ०२ घर भई हाल जिल्ला ललितपुर, ललितपुर माहानगरपालिका वडा नं. ०२, सानेपा बस्ने बर्ष ३८ को ईन्द्र बहादुर मोक्तान रहेका छन् । माक्तानले  दिर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए ।

कर्तव्य ज्यान मुद्धामा वारदात समयबाट भागि फरार रहेका माेक्तानलाई सिअाइबी व्यूरोबाट खटिएको टोलीले मिती २०७६/०१/२७ पक्राउ गरी आवश्यक कारवाहीको लागि मोक्तानलाई अनुसन्धान तथा कारवाहीको लागि मिति २०७६/०१/२७ गते नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकख पठाईएको छ ।

 

प्रकाशित मिति : May 12, 2019 at 11:39 am