१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

बयालपाटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्नेमा भीम रावलको जोड

२८ वैशाख, अछाम । पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले न्याय हेल्थ नेपालद्वारा यहाँ सञ्चालित बयालपाटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।  अस्पतालको दशौंँ वार्षिकोत्सव कार्यक्रममा आज नेता रावलले सबैको पहलबाट अस्पताल यो स्थानमा आएको बताउँदै अब शिक्षण अस्पतालको रुपमा विकास गर्नु सबैको चाहना रहेको उल्लेख गर्नुभयो ।

अस्पतालका लागि सङ्घीय र प्रदेश सरकारलाई उचित बजेट विनियोजनका लागि घच्घचाइ रहने भन्दै उहाँले आगामी दिनमा उचित बजेट आउने आश्वासन दिलाउनुभयो । न्याय हेल्थ नेपालका कन्ट्री डाईरेक्टर एस.पी. कलौनीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले हालै सरकारको नीति तथा कार्यक्रममा समेत स्वास्थ्य सेवालाई प्राथमिकता दिएको भन्दै अस्पतालको सेवाले जिल्लाकै नाम उच्च भएको चर्चा गर्नुभयो ।

प्रकाशित मिति : May 11, 2019 at 9:52 pm