२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

बनिसक्न लागेको हनुमन्ते खोलाको पुल मेयर मदनसुन्दर श्रेष्ठले डोजर लगाएर भत्काइदिए

२८ वैशाख,भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बनिसक्न लागेको हनुमन्ते खोलाको पुल डोजर लगाएर भत्काइदिएका छन् ।  भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ बालकोट र मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ शंखधर चोक जोड्ने हनुमन्ते खोलाको नयाँ पुल नगर प्रमुख श्रेष्ठले डोजरले भत्काएका हुन् ।

दुई करोड रुपैयाँको लागतमा २०७२ साल वैशाखदेखि भण्डारी थोटुङ/श्यामबाबु जेबी कम्पनीले निर्माण सुरु गरेकाे उक्त पुलमा अन्तिम चरणको काम हुँदै गर्दा नगर प्रमुख श्रेष्ठले भत्काइदिएका हुन् ।

नगर प्रमुखले निर्माण कम्पनी, जिल्ला समन्वय समिति वा भौतिक पूर्वाधार कार्यालय कोहीसँग पनि समन्वय वा त्यसबारे जानकारी नगराई आफैले डोजर लगेर भत्काइदिँदा पुल निर्माण कार्य नै अलपत्र परेको भण्डारी थोटुङ/श्यामबाबु जेभी कम्पनीका सञ्चालक गणेश कार्कीले जानकारी दिए ।

 

 

प्रकाशित मिति : 19:54