राति घरमा सुतिरहेका किशोरीलाई यौन दुर्व्यबहार गर्ने शिक्षकलाई कारबाहीकाे माग
२८ वैशाख, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ३ मा शिक्षक चिरञ्जीवी पहाडीले विद्यार्थीलाई यौन दुर्व्यबहार गरेको खुलासा भएको छ । फिक्कल सालघारीस्थित मा वि रातमाटाका शिक्षक पहाडीले किशोरीहरू राति घरमा सुतिरहेको अवस्थामा यौन दुर्व्यबहार गर्न खोजेको भन्दै पीडित किशोरीहरूका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् ।

बाल यौन दुर्व्यबहार गर्नेलाई कारबाही गर भन्ने नाराका साथ दबाबदमूलक नारा लगाउँदै सिन्धुलीमाढीस्थित लोकतान्त्रिक चौरबाट सिन्धुली बजार हुँदै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएका थिए ।
प्रकाशित मिति : 17:53









