७ असार २०८३, आइतबार | Sun Jun 21 2026

ट्रिपर चालकलाई कारबाहिकाे माग गर्दै स्थानीयद्वारा नुवाकोटको छहरे–त्रिशुली सडक अवरुद्ध

२८ वैशाख, नुवाकाेट । सुक्रबार राती नुवाकाेटकाे थान्सिङ छहरेमा एक ट्रिपरले ठकर दिँदा दुइ जना पैदल यात्री घाइते भएका छन् । पैदल यात्रीलाई ठक्कर दिएर भाग्ने ट्रिपर चालकलाइ हदै सम्मकाे कारबाही हाेस भन्दै र पिडितकाे परिवारलाई क्षतीपुर्तीकाे माग गर्दै नुवाकाेट त्रीसुलीकाे बाटाे स्थानीयले अबरूद्द गरेका छन् ।

आक्रोसीत स्थानीय बासीहरुले अस्थायी प्रहरी चौकी छहरे नजिकै सडकमा टायर बालेर यातायात अवरुद्ध गरीरहेका छन् । छहरेबाट तिब्र गतिमा त्रिशुली जाँदै गरको बा ४ख ३९२४ नम्बरको टिफरले लिखु गाँउपालीका ६ छहरे स्थीत थपलिया इन्टरप्राइजेजको अगाडी सडकमा सिन्धुपाल्चोक मेलम्चीका ४० बर्षिय सरल कार्कीलाई ठक्कर दिएर भागेको थियो ।

त्यस लगतै केहि अगाडी रहेको अस्थायी प्रहरी चौकीको सडकमा सुरक्षाका लागि राखेको ड्रमलाई समेत हानेर हुइकिएको टिफरले झण्डै दुई किलोमिटर पर बच्छला प्रा.वि नजिकै पञ्चकन्या गाँउपालीका कबिलासका बर्ष ४० का कुमार तामाङलाई घाइते बनाएर भागेको जिल्ला प्रहरी कार्याल नुवाकोटले जनाएकाे छ ।

प्रकाशित मिति : May 11, 2019 at 10:39 am