२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

म्युजिक भिडियो डाइरेक्टर समेत रहेका लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको ४५ वर्षको उमेरमा निधन

२८ वैशाख, काठमाडाैँ । म्युजिक भिडियो डाइरेक्टर समेत रहेका लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको ४५ वर्षको उमेरमा निधन भएको छ ।  इमेज एफ.एम.मा कार्यरत उनको गएराति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो । श्रेष्ठ लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित रहेका थिए ।

लिरिसिस्ट र कम्पोजरसमेत रहेका सुरज श्रेष्ठले इमेज एफएममा ‘इमेज पप’ लगायतका लोकप्रिय कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँले म्युजिक भिडियो डाइरेक्टरको रुपमा समेत काम गर्नु भएको छ ।

धरान घर भएका सुरज श्रेष्ठले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गरेका थिए । त्यस्तै ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली पत्रकारिता क्षेत्रमा उनले आफ्नो छुट्टै पहिचान बनाएका थिए । त्यस्तै विक्रम संवत २०५६ सालमा श्रेष्ठ इमेज एफएमको स्टेशन म्यानेजरसमेत बनाेका थिए ।  श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : 09:15