२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

राैतहटको गाैरमा रक्सी खाएका भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान कुटे

२८ वैशाख, गाैर । राैतहटको गाैरमा रक्सी खाएका भारतीय प्रहरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान कुटेका छन । भारतको विहार मिलिटरी पुलिसका अधिकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानलाई कुटपिट गरेका हुन । राैतहटको गौर नगरपालिका–१ को सूर्या बेम्बो होटलमा मदिरा खाएर होहल्ला गरिरहेका विहार मिलिटरी पुलिसका सुरक्षाकर्मीले नेपाली सुरक्षाकर्मीमाथि त्यहीँ कुटपिट गरेका हुन ।

रक्सी खाएर नेपाली सुरक्षाकर्मी कुटपिट गर्ने तीन जना भारतीय सुरक्षाकर्मी पक्राउ परेका छन भने एक जना भाग्न सफल भएका छन । रक्सी खाएर कुटपिटमा संलग्न मध्ये पृथ्वी पुन, खड्कसिंह भण्डारी र सुमन आले छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय राैतहटको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : 09:06