८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

काँग्रेसले सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याउनुपर्छः नेता सिंह

 

२३ चैत, काठमाण्डौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउनसक्ने बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिँहले काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क समेत दिएकाछन् ।
उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि काँग्रेस नेतृत्वको सरकारले तीन तहको चुनाव सफल बनाएको बताए ।

सो अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले आठवटा संस्थाबाट शुरु गरेको युनियनमा अहिले ४५ संस्था संलग्न रहेको जानकारी दिए ।

महाधिवेशनमा संस्थाका अध्यक्ष गणेशबहादुर केसीले सत्ताधारी दलले ट्रेड युनियनलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार १५:०६