रौतहटमा घर भत्किँदा ४ महिने बालकको ज्यान गयो, २ जना घाइते
२७ वैशाख, राैतहट । रौतहटमा घर भत्किँदा ४ महिने बालकको ज्यान गएको छ । बिहीबार राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर भत्किएको हो । घर भत्किँदा रामलोचनका ४ महिने छोरा सन्तलाल रामको ज्यान गएको छ भने रामलोचन र उनकी श्रीमती मरछियादेवी घाइते भएकाे प्रहरीले जनाएको छ । घर भत्किँदा पुरिएर ।

बिहीबार राति झण्डै ११ बजेर २० मिनेटमा घर भत्किँदा पुरिएर घाइते भएका तीनैजनाको इलाका प्रहरी कार्यालय राजपुरले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल पठाएको थियो । उपचारको क्रममा ४ महिने बालकको ज्यान गएको र बालकको बुवाआमाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रकाशित मिति : 12:41









