२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

ककपिटमा सुत्ने नेपाल वायु सेवा निगमका पाइलट नागराज कारवाहीमा, जहाज उडाउन प्रतिबन्ध

२७ वैशाख, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका प्रशिक्षक आइपी पाइलट नागराजको जहाज उडानमा प्रतिबन्ध लगाइएको छ। एयरबस ३२० का आइपी पाइलट नागराजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज उडानमा प्रतिबन्ध लगाएको हो। जहाज उडानमा प्रतिबन्ध लागेसँगै पाइलट नागराज बिदामा बसेका छन्। उनी भारतीय नागरिक हुन्।

ककपिटमै निदाएको नागराजको फोटो सार्वजनिक भएपछि प्राधिकरणले जहाज उडानमा प्रतिबन्ध लगाएको हो। पाइलट नागराजलाई ग्राउन्डेड गर्दै प्राधिकरणले नेपाल वायुसेवा निगमसँग अध्ययन गरी रिपोर्ट बुझाउनसमेत निर्देशन दिएको छ। चालक दलका सदस्यसहित १६५ जनाको जिम्मा लिएर काठमाडौं–दुबई जहाज उडाएका नागराज को-पाइलटलाई जहाजको कमान्ड दिएर ककपिटमै सुतेका थिए।

प्रकाशित मिति : 12:12